2024-03-19

Close

वीरगंज १३ जेठ
भिस्वा नाकाबाट व्यापकरुपमा कबाड ,हड्डी ,लत्ताकपडा , हाडयेवर, कस्मेटिक , ईलाची लगाएतको तस्करी भईरहेको समाचार प्राप्त भईरहेको छ।
सिमानाका सिल भएपनि पर्साको भिस्वा नाकावाट व्यापकरुपमा कबाड, जुटको बोरा, हाडयेवर, लत्ताकपडा, मोटर, मरिच लगाएतको सामानहरु ट्याक्टर र पिकपबाट व्यापकरुपमा तस्करी भईरहेको छ।
सिमानाका सिल भएपनि पर्साको भिस्वा नाका भन्दा करिब १०० मिटर नजिक रहेको प्रहरी चौकी भिस्वा र
सशस्त्र प्रहरीको मिलोमतोमा भिस्वा ठूलो मात्रामा कवाड , हड्डी ,युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान तथा मटर, मरिच, छोकडा,जुटको बोराको ठूलो मात्रामा तस्करी भेईरहेको छ।
सशस्त्र प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुमन थपलियाले पर्सा जिल्लाको प्रमुख भई जिम्मेवारी सम्भालेको दिन देखि तस्करीमा कडाई गरि तस्करीको सामानहरु धमाधम पक्राउ गरि करोडौंको राज्शव वीरगंज भन्सार बुझाउदै आएपनि सशस्त्र प्रहरी बल भिस्वाका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक हरि बिष्णु थापाको कारणले प्रमुख थपलियालाई बदनाम गराउने लागि परेको प्रहरी स्रोतले बताएका छन्।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले पर्सा जिल्लाको कार्यभार सम्माहालेको दिन देखिनै तस्करी बन्द रहेको दाबि गर्दे आएपनि अहिले प्रहरीले चौकीका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक थापाले तस्करीको ठुलो लाईन दिएपछि उनी माथि पनि प्रशन उठेको छ।
नेपाल प्रहरीको भिस्वा चौकी र सशस्त्र प्रहरीको बाहिनीका केही हाकिमहरुलाई समेत सेटिङ मिलाएर यहाँबाट ठूलो मात्रामा तस्करी भएको हो । सशस्त्र प्रहरीको सेटिङमा हड्डिको धुलो तस्करीको लाइन पाउनेमा शशीकान्त कुशवाहा र स्याउ तस्करीको लाईन पाउनेमा मुन्ना जैसवाल रहेका छन् । त्यस्तै युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोहडा तस्करीको लाईन पाउनेमा हरि कोईरी र रामु ज्यसवाल रहेका छन् ।
अहिले भिस्वा नाकावाट काम गर्ने कबाड तस्कर शशिकांत कुशवाहा, ,चाईनीज स्याउ तस्कर मुना जैसवाल,युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक, मटर, मरिच ,छोकडाको तस्कर हरि कोईरी र रामु जैसवालहरु सित सशस्त्र प्रहरीको भिस्वास्थित रहेको बीओपीका ईन्सपेकटर हरि बिष्णु थापाले लाखौं रुपैयाको नजराना बुझि तस्करीको लाईन दिएको नाम नछाप्ने एक तस्करले बताएका छन् ।
भिस्वाका यी व्यापारीहरुले बजार व्यवस्थापन समितिको नाममा बीरगञ्जबाट माल ल्याई स्टोर गरेर राख्ने र रातारात इन्डिया कटाई हाल्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाल(भारत बोर्डरको दशगजा नजिक उनीहरुको गोदाम रहेको छ। सो गोदामको छेऊछेऊमै प्रहरी चौकी रहेपनि रातिको समयमा प्रहरी र सशस्त्र प्रहरीको सहयोगले तस्करी भईरहेको स्रोतले जनाएको छ।
त्यसै गरि ,एक सुहले कवाड र जुटको बोरा के तस्करीको लाईन वापत लाखौं रुपैयाको नजराना बुझाई रातिको समयमा १० वटा ट्याक्टरमा लोड गरि भिस्वानाका वाट कटाउने गरेको छ।
यिनीहरुको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरु ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ ।
उनीहरुले राती मात्र नभई दिनमा पनि २०(२५ महिलाको प्रयोग गरि आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् ।
भिष्वा नाकाबाट प्रति दिन करोडौ बराबरको मालसमान अवैध तरिकाले आयात तथा निर्यात हुने गरेपनि सीमा सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरी र शान्ति सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरी मौन नै धारण गरेको पाइएको हो । सीमा नाकामा खटिएका प्रहरीहरुको ग्रिन सिग्नल पाउनासाथ सल्बलाएका ठुला वडा तस्करहरु भरियाको माध्यमले नगरी ट्रयाक्टर र पिकअपकै माध्यमले तस्करी गर्ने गरेको पाइन्छ । सिमानाकामा परम्परागत रुपले हुँदै आएको तस्करी रोक्नको लागि सशस्त्र प्रहरी बल हेडक्वाटरले सशस्त्र प्रहरी गुल्मा(प्रस्तावित) सिमा सुरक्षा गुल्मा सबैठवामा डिएसपीको दरबन्दी थप गरि पैठाएपनि गुल्मा सबैठवाको केशव राज ओलीयाको मातहत रहेका सशस्त्र प्रहरी बल बिओपी बंजारीले व्यापक रुपमा तस्करी गराउदै आएपनि तस्करी नरोक्नु सबैठवा डिएसपी माथि शंकाको बिषय बनेको छ।
पर्सा जिल्ला तस्करीमा कडाई रहेको देखावटीको लागि शहरी क्षेत्रमा रहेका नाकाहरुमा तस्करीमा कडाई गरि अहिले ग्रामीण भेगका नाकाहरुबाट ठुलो मात्रामा तस्करी भईरहेको देखिएको छ।
यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds