वीरगंज १८ जेष्ठ
पर्सा प्रहरीद्वारा अवैधरुपमा भन्सार छलि गरि ल्याएको काजु, लत्ताकपडा खुल्ला पापड,लवाइ्ग र सर्टको कपडा बरामद गरेको छ।
प्रहरीले विशेष सूचनाको आधारमा वीरगंजको वडा नम्बर १५ भिस्वा बस्ने लालबाबु साहको दुई तल्ले पक्की कोठामा छापा हानि भण्डार गरि राखिएको काजु, लत्ताकपडा, खुल्ला पापड, लवाङ्ग, सर्टको थान कपडा लगाएतका मालबस्तुहरू भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरि राखेको सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो।
प्रहरीले काजु-४०० के.जी., सर्ट थान कपडा-२२५७ मिटर, खुल्ला पापड-१४७ के.जी., ल्वाङ्ग-७२ के.जी., हुक्काको फलेवर-४६ प्याकेट गरी जम्मा रू.११,६६,७९०।– ( एघार लाख छयसठ्ठी हजार सात सय नवे ) रुपैया बराबरको सामानहरु बरामद गरि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।