जनकपुरधाम । नेपाल विधुत प्राधिकरण जनकपुर वितरण केन्द्रको लापरबाहीले गर्दा यस्तो गर्मीमा सर्वसाधारण जनतालाई एक हप्ता देखि दु:खद दिने काम गरेको स्थानीयले बताए ।
वकिल टोल स्थित विगत ७ दिन देखि प्रायः रातिको समयमा दैनिक विद्युतको ट्रान्सर्फमरमा केहि न केहि कारणले बिग्रेकै रहेछ । बिहिवार रातिको ९ : ०० बजे बिधुत लाइन कट्टे पछि फियुज शाखाको टेलिफोन नम्बर ०४१-५९०८३४ मा जानकारी गराउदा गराउदै फियुज शाखाले विभिन्न बहाना बनाउदै फियुज शाखा बाट कुनै स्टाफ पनि रातभरि ट्रान्सर्फमर हेर्न पनि आएनन् ।
यता नेपाल विधुत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख लखन लला मल्लिकको मोबाईल नम्बर ९८५४०२२६१४ मा राति सम्पर्क गर्दागर्दै फोन उठाउन सकेनन् । तर बिहान् ७ :०० बजे सम्पर्क गर्दा खेरि प्रमुख मल्लिकले स्थानीय लाई उल्टै थर्काउने लागेको स्थानीय दिपक साहले जानकारी गराए ।
कार्यालय प्रमुखले रातभर फोन उठाएका छैन तर बिहान् सम्पर्क गर्दा प्रमुखले उल्टै स्थानीयलाई फोनमा भन्दै थिए कि सानो तिनो काममा तपाई हरुले किन मलाई फोन गर्नु हुन्छ ? त्यसको लागी फियुज शाखामा सम्पर्क गर्नुपर्ने हुन्छ नि ! तर फियुज शाखालाई राती ९ :०० बजे तिर उक्त लाइनको लागि जानकारी गराउदा बिहान् ७:०० बजे मर्मतको लागि आएको स्थानीयहरुले बताए ।
कस्तो विडम्बना यस्तो गर्मीमा घरमा विद्युत लाइन नभएर स्थानीयहरुले रातिभर सुत्न पनि पाएन १० घन्टा पछि ट्रान्सर्फमरमा मर्मत गर्नु कति उचित होला । एक हप्ता देखी कार्यालय प्रमुख मल्लिकले कार्यालय पनि आउदैन सम्बन्धित निकाय र नव निर्वाचित मेयर / उप मेयर / वडा पदाधिकारीहरु लाई समयमा ध्यानाकर्षण होस् भने स्थानीय दिपक साहले अप्पन जनकपुर ड्ट कमलाई बताए ।