2024-05-01

Close

जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले वैवाहिक अंगिकृतको समस्या मधेशमा मात्र नभएर पहाडमा पनि रहेको बताएका छन् ।

जनकपुरधाममा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले नागरिकता समस्या समाधानमा एमाले बाधक नबनेको बताए । विदेशी महिलाले विवाह गरेर आउँदा नेपाली नागरिकता लिन केहि समय पर्खिनुपर्ने व्यवस्था मात्र गर्नुपर्ने उनले बताए ।

‘विदेशबाट विवाह गरेर आउनेलाई कुनै समस्या नहोस् भनेर परिचयपत्र दिनुपर्छ,’ उनले भने, ‘त्यो परिचयपत्रले बैंक खाता खोल्न, विदेश आवतजावत गर्न वा दैनिक जीवनमा समस्या हुनुहुदैन् ‌। तर नागरिकताका लागि केहि समय सिमा राख्ने व्यबस्था हुनुपर्छ ।’

मधेशमा मात्र भारतबाट विवाह गरेर महिलाहरु आउने गरेको छैन्, पहाडमा पनि सिक्किम दार्जिलिङबाट महिला आउने गरेको भन्दै नेता भट्टराईले भने, ‘विवाह गरेर आउने विदेशी महिलालालाई नागरिकता दिन समय सीमा राख्नुपर्ने भनेपछि त्यसलाई गलत व्याख्या गर्ने गरिएको छ ।”

मधेशमा विवाह गरेर आउने विदेशी महिलालालाई मात्र कन्ट्रोल गर्न नखोजेको नेता भट्टराईले प्रस्ट्याए । एमाले जहिल्यै नागरिकता समस्या समाधान गर्ने पक्षमा रहेको र रहने उनको भनाई थियो । सभार- नेपालप्रेस

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds