2024-03-28

Close

काठमाडौं । गत बैशाख १८ मा सरकारले धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गरेपछि बिदा बसेर सरकारविरुद्ध मुद्दा लडेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अन्ततः राजिनामा दिएका छन् ।

एआईजी पोखरेलले आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउदै दायर गरेको रिटमा अन्तिम सुनुवाइ गर्दै गत शुक्रबार सर्वोच्च अदालतले रिट खारेज गर्ने फैसला गरेसंगै सोमबार उनको राजिनामा आएको हो ।

सोमबार प्रहरी प्रधान कार्यालयको प्रदेश प्रहरी समन्वय विभागमा हाजिर भएका एआईजी पोखरेलले भोलि (मंगलबार) देखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा राजिनामा बुझाएका हुन् ।

अब नेपाल प्रहरी प्रधान कार्यालयले उनको राजिनामा सनाखत गरेर स्वीकृतिको लागि गृह मन्त्रालय पठाउने छ । एआईजीको ५६ बर्षे उमेरहदका कारण १८ दिनपछि (असार २० मा) अवकाश पाउन लागेका पोखरेलको राजिनामा गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds