विदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव श्रेष्ठ हाजिर

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको विदेह नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव मोहन कुमार श्रेष्ठलाई पठाएको छ ।

अधिकृत श्रेष्ठ सोमबार नगरपालिकामा हाजिर भए । हाजिर भएका अधिकृत श्रेष्ठलाई नगरप्रमुख बेचन दास र उपप्रमुख आशा देवी झाले स्वागत गरे ।

बिज्ञापन

अधिकृत श्रेष्ठलाई नगरप्रमुख बेचन दास र उपप्रमुख आशा देवी झाले गमछा ओढाएर स्वागत गरेका थिए ।

यस्तै धनुषा निर्वाचन क्षेत्र नं. २ (क) का प्रदेश सांसद लखन दासको विशेष उपस्थितिमा उनलाई विदेह नगरपालिकाको कार्यालयमा स्वागत गरिएको हो । वडा ५ का वडाध्यक्ष राधेश्याम गोईतसहित विभिन्न वडाका वडाध्यक्षहरु र नगरपालिका कर्मचारीहरुले स्वागत गरेका छ्न् ।