
थाईल्याण्ड । ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवलाई थाईल्याण्डमा आइपीएम पुरस्कार दिइएको छ ।
यादवलाई International Institute of Professional Management (IIPM) द्वारा आयोजित दोस्रो (IIPM) थाईल्याण्ड पुरस्कार प्रदान गरिएको हो ।






यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो । (IIPM) संस्था Asia Pacific Quality Network (APQN), United Nations Global Compact, तथा Higher Education Sustainability Initiative (HESI) को गर्वित सदस्य समेत हो ।
थाईल्याण्डको KIFF (Knowledge and Innovation for Future Foundation) को पहलमा आयोजना गरिएको यस कार्यक्रममा यादवलाई संस्कृति तथा शिक्षा क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको मान्यता स्वरूप यो पुरस्कार प्रदान गरिएको हो ।
यादव एक शिक्षाविद्, उद्यमी तथा नेपालमा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित रहेका छन् । उनको नेतृत्वमा ऋत एकेडेमी शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको केन्द्रको रूपमा स्थापित भएको छ भने, हिसान बागमतीमा उनको योगदानले संस्थागत समन्वय र विद्यार्थी क्रियाशीलता अझ सशक्त बनाएको छ ।
उनलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उनको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ ।