2024-05-13

Close

श्याम गुप्ता
बारा, ६ असाेज
कलवार समुदायकाे कुल देवता बलभद्र भगवानकाे शनिवार बारा र पर्सामा भव्य पुजाकाे आयाेजना गरिएको छ ।
कलवार कल्याण समिति जीतपुरको आयोजनामा बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित समितिकाे निजी जग्गामा र कलवार कल्याण समिति बिरगंजकाे आयाेजनामा महानगरकाे आदर्शनगर स्थित समितिको आफ्नैं भवनमा बलभद्र भगवानकाे सामुहिक पुजाकाे आयाेजना गरिएको हाे ।
जीतपुरमा आयोजित पुजा पूर्व शाेभा यात्रा निकालिएको थियाे ।
बाजा गाजा र घाेडाकाे घाेडदाैल सहिँत हजाराैं भक्तजनहरूकाे सहभागितामा पुजा स्थलबाट बिहान निकालिएकाे शाेभा यात्राले जीतपुर नगर परिक्रमा गरि पुन: पुजा स्थलमा फर्किएर बिधिवत पुजा आरम्भ भएको थियो ।
सामुहिक पुजाको मुख्य जजुमानको रुपमा वडा नम्बर ७ का पूर्व वडाध्यक्ष रामबाबु गुप्ता र उनकी पत्नीले पुजाको अवधी भर उपवास (चौका) बसी पुजालाई पूर्णता दिलाएका थिए ।
प्राराचिन काल देखि नैं कृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ ।
बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बताए ।
बललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बारे बताउँदै शास्त्रीले बलभद्र भगवानलाई भात, बिषेश किसिमको दाल र पाँच थरीका तरकारीको भोग लगाउँने प्रचलन रहेको बताए ।
उनको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलि आईरहेको पनि उनले बताए ।
साेहि अवसरमा पूर्व कार्यसमितलाई सम्मान-पत्र सहिँत बिदाई गरिएको थियाे । भने, समितिका उपाध्यक्ष लालबाबु प्रसाद साह कलवारले नयाँ कार्यसमितिका अध्यक्ष कन्हैया प्रसाद गुप्तालाई प्रमाण-पत्र प्रदान गर्दै पदभार ग्रहण गराएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds