काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को एक व्यक्तिको पिसीआर रिपोर्ट पहिलो दिन पोजिटिभ र दोस्रो दिन नेगेटिभ देखिएको छ ।
वीरगञ्जको नारायणी कोभिड अस्पतालमा २८ साउनमा दिइएको पिसीआर रिपोर्ट पोजिटिभ देखिए पनि दोस्रो दिन काठमाडौंको ह्याम्स अस्पतालको रिपोर्ट नेगेटिभ देखाएको छ ।
पर्साको नारायणी अस्पतालले दिएको कोरोना रिपोर्ट
पर्सा वीरगञ्जका विवेक बस्नेतको रिपोर्ट यस्तो आएको फेला परेको छ । हालै सरकारले नीजि अस्पताललाई पनि कोरोना संक्रमणको परिक्षणको अनुमति दिएका मध्येमा ह्याम्स पनि पर्दछ ।
नारायणी अस्पताल भने सरकारले कोभिड अस्पतालका रुपमा अस्थायी मापदण्डमा राखेको छ ।
ह्याम्स काठमाडौंले भोलीपल्ट दिएको कोरोना रिपोर्ट
कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको कम्तिमा दुई सातासम्म स्वास्थ्यमा विशेष ख्याल गरेको खण्डमा निको हुनसक्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।
तर, एकै दिनमा दुई फरक अस्पतालमा गरिएका परिक्षणमा पोजिटिभ र नेगेटिभ रिपोर्ट आउनु दुर्लभ जस्तै वा मेसिनको खराबी हुनसक्ने पनि बताइन्छ ।