2024-04-30

Close

जनकपुरधाम । नेपाल निर्माण व्यवसायी महासंघ सप्तरी जिल्ला अध्यक्ष एनेश्वर दास जनमत पार्टीमा प्रवेश गरेको छ।

शुक्रबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङक्वेटमा एक कार्यक्रमबिच निर्माण व्यवसायी महासंघका अध्यक्ष दास जनमत पार्टीमा प्रवेश गरेका हुन। अध्यक्ष दास नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.२ का पुर्व कोषाध्यक्षसमेत रहेको हो।

उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमला अबिरको टीका लगाउदै पार्टीको सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेको छ। नवप्रवेशी दास सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरम निवासी हुन।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा पुर्वमन्त्री अब्दुल खान ,पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थितिमा अध्यक्ष दासले पार्टी प्रवेश गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाइएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds