2024-05-15

Close

सिरहा । मोरङ जिल्लाको बिराटनगर स्थित मारबाडी सेवा सदन भित्रै रहेको बलाजी भोजनालयको खानाले सिरहाका अधा दर्जन पत्रकार बिरामी परेको छ । बिराटनगर नोबेल अस्पतालमा उपचारर्थ सिरहा लहानको पत्रकार जिबछ यादवको श्रीमतीलाई भेट् गर्न गएका सिरहाको करिब ६ जना पत्रकारले मारबाडी सेवा सदन भित्र रहेको बलाजी भोजनालयमा शाकाहारी खाना खाएका थिए ।
खाना खाएर उनिहरु सबै बिरामी परेको साथै गुणस्तरहिन खाना खुवाएकै कारण उनिहरुलाई फुड पोइजन भएर अस्वस्थ भएको स्थानीय चिकित्सकहरुले बताए । बिराटनगरमा जताततै होटेल खुलिए पनि शुद्ध शाकाहारी खानाको लागि मारबाडी खाना नै ठिक हुने भन्दै खाना खान गएका पत्रकारहरु बिरामी परेपछि होटेल संचालकको लापरबाही रहेको पीडित पत्रकारहरुको धारणा रहेको छ ।

मानिसको जिबन संग दिन दहाडै खेलबाड गर्ने यी बलाजी भोजनालय बन्द र त्यसका संचालक लाई कार्यबाही गरि बिरामिहरुको उचित क्षतिपूर्ति समेत भराई पाउँ भन्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मोरङलाई मेल बाट उजुरी समेत गरेको पत्रकार महासंघ सिरहाको पुर्व सभापति देब कुमार यादव, जिल्ला सचीव शिव दयाल यादव पत्रकार राम पुकार यादव ,नरेश बरबरिया ,सोनु मिश्रा समेतले जानकारी गराएका छन ।
आम उपभोक्ताहरुको स्वास्थ्य सुबिधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट नगर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रणको उदेश्य नै रहदा बिराटनगर बलाजी भोजनालयले यसरी स्तरहिन खाना बिक्री बितरण गरि उपभोक्ताहरुलाई ठगी गरि रहेको मात्र होइन उनिहरुको स्वास्थ सँग खेल्बाड भैरहेको ठ्म्याई छ । र यो खाद पदार्थको गुण नियन्त्रण गर्ने सरोकारवाला निकायहरूको लागि चुनौतीको बिषय पनि रहेको हो । यसलाई ब्यबस्थित गर्न सरोकारवाला निकायहरूको आँखा खुलोस उपभोक्ताहरुको कथन रहेको छ ।
पुर्वान्चल क्षेत्रमा उपभोक्ताहरुको स्वास्थ्य रक्षाको लागी खाद्य पदार्थको गुण नियन्त्रण गर्न र खाद्य पोषण तथा प्रबिधि प्रसार गर्न स्थापित यी मोरङ बिराटनगर स्थित खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको भुमिका पनि गतिलो नरहेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds