2024-05-03

Close

जनकपुरधामनेपाल-भारत सीमा सुरक्षा अधिकारीहरूको संयुक्त बैठक भारतको विहार राज्यको मधुबन्नी जिल्लाको शौराठमा सम्पन्न भएको छ ।

शनिबार जिल्ला स्तरीय सीमा समन्वय बैठकमा सीमा क्षेत्रबाट हुने गरेको लागु औषधको ओसार पसार नियन्त्रणमा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट हुने गरेका अन्य आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्ने, सिमानामा दुवै देशका सुरक्षा गस्ती बढाउने निर्णय भएको छ ।

यसका साथै सीमा क्षेत्रमा हराएका सीमा स्तम्भको पुर्न निर्माणका लागि संयुक्त सर्भेका लागि केन्द्रमा लेखि पठाउने, भत्केका सीमा स्तम्भहरूको पुनः निर्माण गर्ने, नेपाल तर्फ हुने गरेको नक्कली नोटको कारोबार एवं ओसारपसारमा कडाइ गर्ने वा हुन नदिने, एक ठाउँमा अपराध गरेर सीमावर्ती क्षेत्रमा भागेर लुकी बस्नेको विषयमा सूचना आदान प्रदान गर्ने सहमति भएको छ ।

यसका साथै सीमा क्षेत्रबाट हुने चोरी पैठारी सहितको विषयमा कडाइ गर्ने र सीमा क्षेत्रका अन्य कुनै समस्या आएको खण्डमा मिलेर समाधान गर्ने सहमति भएको नेपाली टोलीका नेतृत्व गर्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

दुवै देशका संयुक्त सीमा सुरक्षा अधिकारीको बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी रहेका जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । भारतीय पक्षको नेतृत्व मधुबन्नी जिल्लाका डिएम अरविन्द कुमारले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds