2024-04-24

Close

जनकपुरधाम । गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि एक युवकमाथि मरनासन्न गरि कुटपिट गरिएको छ ।

 

धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएका छन ।

आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते पण्डीतको टाउको मा बढि चोट लागेकोले सोमवार उनलाई धरान रेफर गरिएको छ । आइतवार पण्डीतले आफुले चलाउदै आएको फेसवुक पेज खजुरी डटकममा बजार सेट निमार्ण भएको एक महिनामा नै भत्किएको भन्दै केहि तस्वीरहरु अपलोड समेत गरेका थिए ।

 

सोहि विषयलाई रिसीवी बनाएर सो सेट बनाउने उपभोक्ता समितिका अध्यक्ष अशोक मण्डल,राजपाका धनुुषा जिल्ला उपाध्यक्ष सुनिल मण्डल ,सचिन मण्डल ,वृक्षा मण्डल लगायतका डेढ दजर्न समुहले आफु एक्लै भएको समयमा घेरेर निर्घात कुटपिट गरैको घाइते पण्डीतले वताए ।

 

यता कुटपिट गर्ने मध्ये अशोक मण्डल र सुनील मण्डललाई इलाका प्रहरी कार्यालय खजुरीले पक्राउ गरेको जनाइएको छ । घटनाको विषयमा छानवीन भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर चौधरीले वताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds