अप्पन जनकपुर
जनकपुरधाम । नेपाली काङ्ग्रेसले लामो समयपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरुको मनोनयन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्री दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ७१० जनालाई मनोनयन गरेका हुन् ।
नेपाली काङ्ग्रेसको जग भनेर चिनिने प्रमुख भातृसंगठन नेपाल विद्यार्थी संघ (नेबिसंघ) ले ३२ वर्ष मुनिको ७११ सदस्यीय केन्द्रीय तदर्थ समितिमा ईन्द्रजित गोईत चयन भएका छन् । गोईत सानैदेखि राजनिति गर्न रुचाउँथे । गोईतको राजनीति हेर्दा २२ वर्षमा नेबिसंघ मधेश प्रदेश CTEVT नेबिसंघ अध्यक्ष, नेपाली काङ्ग्रेस प्रचार प्रसार विभाग को जिल्ला सदस्य भएका थिए । त्यसैगरी २०७९ बैशाखमा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेस प्रचार प्रसार केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।
पहिलाे चाेटि नेविसंघ NPI कलेज भरतपुर चितवनकाे एकाइ अध्यक्ष हुँदै नेविसंघ CTEVT मधेश प्रदेशकाे अध्यक्ष, नेविसंघ जिल्ला उपसभापति हुदै केन्द्रीय सदस्य मनाेनित भए । गोईत नेपाली काङ्ग्रेसले सानै उमेरमा केन्द्रीय कार्यसमितिमा नियुक्त गरिएको छ। नियुक्ति भएपछि गोईतले सक्रियताको आधार र पार्टीलाई दिएको योगदानको कदर गर्दै आफूलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको हुन सक्ने जानकारी दिए । मनोनयन पछि पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पुरा गर्ने उनले बताए ।