जनकपुरधाम । लोकतान्त्रि समाजवादी पार्टीको भातृ संगठन लोकतान्त्रिक समाजवादी युवा संघ धनुषाले कार्यसमिति विस्तार गरेको छ ।
संघका जिल्ला अध्यक्ष प्रशान्त झाले संगठनको वैठकबाट कार्यसमितिलाई पूर्णता दिदैं जिल्ला समिति विस्तार गरेको हो । संघको उपाध्यक्ष युवा नेता निशान्त कुमार यादवलाई चयन गरेको छ । यादव धनुष क्षेत्र नं. २ का हुन् ।
वैठकले समितिको सचिवमा रोशन साह र सहसचिवमा राजा मण्डल(राजु) लाई चयन गरेको छ । समितिको सदस्यहरुमा सुजीत साह, सुन्दर लामा, श्याम कुमार महतो, अशोक कुमार मण्डल, सुमीत झा, निजर कवाडी, वलि मुखिया, सुनिल मण्डल, शम्भु यादव, राघे कापर, राम जुलुम गोईत, अमित कुमार महतो, मनोहर कुमार दास, मनोज कुमार मण्डल, संतोष पाठक, विकास चौधरी, राजा मण्डल खत्वै, संजिव साह, मुकेश यादव, शत्रुधन राई, राजेश साह, बद्री फरकार यादव, मुरली साह र विनोद कुमार यादव रहेका छन् ।
पार्टीको निर्देशन बमोजिम संघलाई विस्तार गर्दै २८ सदस्य समिति बनाएको अध्यक्ष झाले बताए ।
This will close in 20 seconds