अप्पन जनकपुर
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय, सप्तरीले कार्यालयको फोटो, भिडियो नखिच्न उर्दी जारी गर्दै निकालेको सूचनाप्रति नेपाल पत्रकार महासंघ, सप्तरीले आपत्ति जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको छ ।
उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव र सचिव रामनारायण विश्वासले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सूचना फिर्ता गर्न माग गरेका छन् ।
साउन २४ गते राति ८ बजेसम्म सूचना फिर्ता नभए साउन २५ गते बिहानदेखि नै चरणबद्ध आन्दोलनमा उत्रने विज्ञप्तीमा चेतावनी दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार याे सूचना जारी गरिएको उल्लेख छ ।
सूचनाको विपरीत गतिविधि गरे/गराइएकाे पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिइएको छ ।
This will close in 20 seconds