2024-04-23

Close

जनकपुरधाम । पूर्व मन्त्री एवं सांसद उमाशंकर अरगरियाले संघीयता भ्रष्टाचार गर्न मात्रै आएको हो भनी प्रश्न गरेका छन् ।
जनता समाजवादी पार्टीद्वारा सिरहामा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अरगरियाले प्रदेश २ मा व्याप्क भ्रष्टाचार भइरहेको बताए । प्रदेश २ मा सरुवा गराएर आउने कर्मचारीले रकम नदिएसम्म उनको पदस्थापनसम्म हसन नदिने गरेको बताए । ‘प्रदेशमा काम गर्न आउने कर्मचारीलाई ३ देखि ६ महिना यो दरबारदेखि त्यो दरबार गर्नुपर्छ’ अरगरियाले भने, ‘जबसम्म रुपैयाँ दिदैन तबसम्म एपोइन्टमेन्ट दिइँदैन् ।’
संघीयता आएपछि साइकल चढ्ने औकात नहुने रातारात अर्बबति र भूमिगतको नाममा चन्दा उठाउने व्यक्ति पनि करोडपति बनेको उनले बताए । ‘के संघीयता यसैका लागि आएको हो ?’ उनले प्रश्न गरे ।
उपेन्द्र यादव १८ महिनाका लागि सरकारमा जाँदा महन्थ ठाकुरले प्रदेशमा कुनै उलटफेर नगरेको तर १८ दिनका लागि आफूहरु सरकारमा जाँदा पार्टीकै मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई ल्याइएको बताए ।
माओवादी र कांग्रेसलाई सरकारमा ल्याएपनि प्रदेशको नामांकरण मधेश गराउन उनले आग्रह गरे । मधेश नामांकरण गरे आफूहरुका सबै सांसदले सहयोग गर्ने बताउँदै उनले तर गर्न नसक्ने पनि बताए ।
संघीयता र लोकतन्त्रको लागि आन्दोलन गरिरहँदा लुम्बिनी प्रदेशमा बहुमत सांसदले निर्णय गरेपछि पार्टीले ती सांसदलाई कार्वाही गरिएकोमा उनले बिरोध जनाए । उपेन्द्र यादवलाई इंगित गर्दै उनले भने, ‘कुन व्यवस्था चाहियो ? के राजा बन्न खोज्नुभयो ?’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds