2025-03-27

Close

दर्ता नगरी जनकपुरमा सञ्चालित मोडर्न हस्पिटल बन्द गर्न मुख्यमन्त्रीले दिएको निर्देशन अटेर गरेपछि प्रहरीले सञ्चालका राम भरोस महतोलाई पक्राउ गरेको हो ।

जनकपुरधाम । मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् ।

गत शनिबार मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए । त्यस क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए ।

तर, दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको अवज्ञा गर्दै सञ्चालन जारी राखेपछि सञ्चालक राम भरोस महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको थियो ।

अनुगमन टोलीमा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी पनि थिए । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुगमन टोलीले मोडर्न हस्पिटलका सञ्चालकलाई प्रहरीको जिम्मा लगाएको जानकारी दिँदै अब आवश्यक कानुनी प्रक्रिया अघि बढ्ने प्रतिक्रिया दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर