2024-05-04

Close

जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेता शिवशंकर गोईत (साधु) ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट दिन आग्रह गरेका छन् ।
जनकपुरमा संचारकर्मीहरु संग कुराकानी गर्दै युवा नेता गोईतले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउन मधेश प्रदेशबाट उम्मेदबारी दिएका आनन्द ढुंगाना र कोशी प्रदेशबाट उम्मेदवारी दिएका कृष्ण प्रसाद सिटौला सहित गठबन्धनका उम्मेदबारलाई मतदान गर्न आग्रह गरेका छन् । राष्ट्रियसभा निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर रहेकोले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेकोछ, उनले भने ।

कांग्रेसका दुई अनुभवि नेता ढुंगाना र सिटौला सहित गठबन्धनका उमेदवार सबैका साझा उमेदवार भएकाले सबैले मतदान गरेर जिताउनु पर्र्र्छ, युवा नेता गोईतले भने, ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ’, । मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्न राष्ट्रियसभामा ढुंगाना र सिटौला सहित गठबन्धनको उम्मेदबार आउनु पर्ने आवश्यक छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds