भ्यालेन्टाइन डे मनाउन पार्क पुगेका जोडीलाई बजरँग दलले गरे रामधुलाई, मन्दिरमा गराइदिए विवाह

सिरहा । नव प्रेमीहरुको भ्यालेन्टाइन डे सप्ताह चलिरहँदा सिरहामा एक किशोरकिशोरीलाई रामधुलाई गर्दै विवाह गराईदिएको घटना बाहिरिएको छ ।

युवाहरुको समूह बजरँग दल सिरहाका कार्यकर्ताहरुले सिरहाको लहानस्थित रहेको मानिक दहको पार्कमा असाधारण अवस्थामा पक्राउ परेपछि उनीहरुलाई पार्कमै रामधुलाई गरिएको जनाईएको छ ।

बिज्ञापन

पश्चिमी सँस्कृति तथा नेपाल भारतमा विकृतिको रुपमा मानिएको भ्यालेन्टाइन डेको नाममा अश्लिल हर्कतहरु गर्न थालेपछि बजरँगको केन्द्रीय कार्यालयले तराई मधेशको जिल्लाहरुमा मठ मन्दिर, सार्वजनिक स्थल, धार्मिक स्थलहरुमा भ्लान्टाइन डेको गतिविधि देखिए कुटपिट गर्ने चेतावनी विज्ञप्ती मार्फत नै खुल्ला रुपमा दिएका छन् ।

सोही क्रममा सोमबार बिहानै भ्यालेन्टाइन डे मनाउन लहानको मानिक दहको पार्कमा एक जोडीले अश्लिल हर्कत गरिरहेको अवस्थामा बजरँग दलका कार्यकर्ताले पक्राउ गरी कुटपिट गर्नुको साथै दुवै जनालाई नजिककै मन्दिरमा गएर जबरदस्ती विवाह गराईदिएको हो ।

भ्यालेन्टाइन डेको नाममा शारिरिक भोक मेटाउन अपनाउने विभिन्न हतकण्डाको कारण वर्तमान समाजमा विकृति फैलिएको भन्दै बजरँग दलले यसपालीदेखि नै यसमा निगरानी बढाएको हो । किशोरीको सिँउदो (माँग) मा सिन्दुर हाल्न लगाएर विवाह गराईदिएको हो ।

यता, बजरँग दलले सरस्वति पूजाको दिन भ्यालेन्टाइन डे को गतिविधि धार्मिक स्थलहरुमा देखिए पक्राउ गरी रामधुलाई दिनुको साथै तत्कालै विवाह गराइदिने उर्दी जारी गरेको हो ।