2024-04-25

Close

जनकपुरधाम : सीता-राम विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज जनकपुरको ऐतिहासिक एवं धार्मिक गंगासागर पोखरीमा मटकोर सम्पन भएको छ ।

सीता- राम विवाहको पूर्व सन्ध्यामा जानकी मन्दिरबाट झाँकीसहित साधुसन्त र श्रद्धालुले गंगा सागरको किनारमा पुगेर मटकोर विधि गरिएका हुन् । मटकोर सकेपछि प्रसाद स्वरुप भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको छ । शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा रहेको साधुसन्त बताउँछन् ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि सीता-राम विवाह अर्थात् विवाह पञ्चमीमा गरिन्छ । मटकोरको क्रममा जानकी मन्दिरमा मडबा (बेदी) बनाउन गंगासागर पोखरीको माटो लगिएको छ । मडबामै सीता-राम विवाहको सबै विधि पुरा गर्ने चलन छ ।

मटकोरमा हजारौं श्रद्धालु सहभागी थिए । सीता- राम विवाहको पूर्व संध्यामा गरिने मटकोरमा सहभागी हुनेको मनोकांक्षा पुरा हुने जनविश्वास छ । मटकोरका क्रममा गरिएको गितनादले त्रेतायुगमा जस्तै आज सीता मैया र राम भगवानको विवाह भ इरहेको महसुस भयो- जनकपुरकी राधा साहले सुनाइन् ।

विवाह महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइयो । आज पाँचौं दिन गंगासागर पोखरीमा मटकोर मनाइएको छ ।

छैठौं दिन भोली स्वयम्बर तथा शुभविवाह (विवाह पञ्चमी) हुन्छ । सातौं दिन राम कलेवा पश्चात विवाह पञ्चमी विधिवत सम्पन्न हुनेछ । जनकपुरमा विवाह पञ्चमीको रौनक देखिएको छ । श्रद्धालुहरु आउनेक्रम जारी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds