जनकपुरधाममा नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाअधिवेशन लक्षित दर्शन अनावरण कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल जेसीजको ५० औं वार्षिकोत्सवको अवसरमा जनकपुर जेसीजको आतिथ्यतामा हुन गइरहेको ५२ औं राष्ट्रिय महाअधिवेशनलाई लक्षित गर्दै जनकपुरधाममा (Unveiling The Vision Ceremony) दर्शन अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार जनकपुर जेसीजको आयोजनामा ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रमको विशेष समारोहबीच ५२ औं राष्ट्रिय महाअधिवेशनको लोगो अनावरण गरिएको छ । लोगो अनावरणसँगै महाअधिवेशनको तयारीलाई विधिवत् सुरुवात गरिएको जनकपुर जेसीजले जानकारी दिएको छ ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका वन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवले नेपाल जेसीजको सामाजिक र संगठनात्मक योगदानको प्रशंसा गर्दै यसलाई केवल शहरी क्षेत्रमा मात्र नभई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ५२ औं राष्ट्रिय महाअधिवेशनको सफलताको शुभकामना दिदै जेसीजको कार्यक्रमहरूले युवालाई नेतृत्व, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा अग्रसर बनाउन ठूलो भूमिका खेलेको बताए ।

अन्य वक्ताहरूले ५२ औं राष्ट्रिय महाअधिवेशनलाई सफल र ऐतिहासिक बनाउन सबैलाई सक्रिय सहयोग गर्न आग्रह गरेका थिए । उनीहरूले अधिवेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल जेसीजको गरिमा अझै उचाल्ने अपेक्षा व्यक्त गर्दै महाअधिवेशनको सम्पूर्ण सफलता र उज्ज्वल भविष्यमाथि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष गणेश सापकोटा, जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास, जेसीआई सिनेटर सुरेन्द्र महतो, तथा ५२ औं राष्ट्रिय अधिवेशनका निर्देशक सुधिर पजियार विशिष्ट अतिथि रहेका थिए । त्यस्तै, जनकपुर जेसीजका पूर्व अध्यक्षहरू, वर्ष २०२५ का पदाधिकारीहरू, सदस्यहरू, पत्रकार, सरोकारवाला र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजक जेसी रजनीश साहले गरेको थियो भने कार्यक्रम संचालन ५२ औं राष्ट्रिय महाअधिवेशनका “उप-सम्मेलन निर्देशक” तथा बर्ष २०२१ का शाखा अध्यक्ष जेसी मनोज कुमार साह मनोज साहले गरेको थियो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्दै ५२ औं राष्ट्रिय महाअधिवेशनको निर्देशक सुधिर पजियारले यस अनावरण समारोहले ५२ औं राष्ट्रिय महाअधिवेशनलाई औपचारिक सुरुवात मात्र नभई ऐतिहासिक उपलब्धिको दिशामा अघि बढाएको बताए । जनकपुर जेसीजका जेसी अध्यक्ष मुकेश कुमार साहले यस कार्यक्रममा सहभागिता जनाइएका सबैलाई धन्यवाद ज्ञापन गर्दै ५२ औं राष्ट्रिय महाअधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सबैको साथ–सहयोग आवश्यक रहेको बताएका छन ।