काठमाडौं । सरकारले भोलि यती एयरको विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको उनले बताए ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनापछि आकस्मि बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको साथै दुर्घटनाको कारण पत्ता लगाउन जाँच आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पनि रहेका मन्त्री पौडेलले बताए ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । हाल उद्दारका कार्य जारी रहेको छ भने करिब ३६ जनाको मृत्यु भएको छ ।