जनकपुरधाम । गोपाल सेवा समितिका पूर्व केन्द्रीय अध्यक्ष डा. रामवीर रायको १२ औं पूण्यतिथिको अवसर पारेर जनकपुरधाममा सोमबार श्रद्धाञ्जली सभा गरिएको छ ।
गोपाल सेवा समिति केन्द्रीय कार्यालयले जनकपुरधामस्थित कार्यालयमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा वक्ताहरुले डा. रायको योगदानबारे चर्चा गरेका छन् ।
गोपाल सेवा समितिका केन्द्रीय अध्यक्ष बजरंग यादवको अध्यक्षता तथा पूर्व केन्द्रीय अध्यक्ष राजाराम अरगरियाको प्रमुख आतिथ्यमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा डा. रायले गोपाल सेवा समितिको विस्तार गर्नका साथै अगाडि बढाउनमा महत्वपूर्ण योगदान गरेको वक्ताहरुको तर्क थियो ।
सो अवसरमा गोपाल सेवा समितिा पूर्व केन्द्रीय अध्यक्ष कारी यादव सुमन, केन्द्रीय उपाध्यक्ष भरथरी यादव, समितिका महासचिव शशी रन्जन यादव, आशा यादव, प्रभास यादव, जगदीश यादव, सियाराम राय, डा. ज्ञानि यादव, मधेसबादी नेता रमन पान्डेय, गोपाल सेवा समितिका धनुषा जिल्ला अध्यक्ष अंकेश्वर यादव, महोत्तरी अध्यक्ष सुरेश यादव, योग गुरु धनुषा निवासी सुरेश यादव, सल्लाहकार हरि किशोर यादव, शैलेन्द्र यादव, घुरन यादव, उपेन्द्र यादव, मदन यादव, राज कुमार यादव लगायतको उपस्थिति रहेको थियो । पूर्व अध्यक्ष डा. रायको गएको असार ६ गते शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।