

खोटाङ, ६ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले १५ केजी गाजाँसहित एकजनालाई पक्राउ गरेको छ । हलेसी तुवाचुङ नगरपालिका-७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीलले उनको घर खान तलासी गर्दा फेला पारेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताउनुभयो ।
बिज्ञापन




पक्राउ परेको राईलाई आइतबार लागु औषध सम्बन्धी मुद्दा दर्ता गरेर कारवाही शुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई थप कानूनी कारबाही गर्न हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको सूचना अधिकारी साहले जानकारी दिनुभयो ।
