2024-03-29

Close

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमती जुटेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उल्लेख गरे । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘सहमती भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतीवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरुको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडी बढाउने कुरा भएको छ । यो सम्भव छ । भइहाल्छ ।’ उनले संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds