2024-05-29

Close

  बीरगंज । गैर कानूनी रुपमा रंगदारी टैक्स असुल्न खप्पिस मानिएका टिआरएस लोजिपार्कका ठेकदार गणेश घिमिरेको बदमासीका कारण पुरै कम्पनी बदनाम बन्न पुगेको छ ।

बारम्बार गैर कानूनी रकम उठाउन बन्देज लगाइएपनि त्यसको अवज्ञा गर्दै उनले रकम उठाएर लखनउ लुट मच्चाएका छन ।

उनकै कारण बिराटनगरको ट्रान्स नेपाल निकै बदनाम बन्न पुगेको थियो भने त्यहाँ गरेको अनियमितता र गैर कानूनी भ्रष्टचार जन्य अपराधका कारण निकालिएका थिए ।

उनलाई त्यहाँबाट निकाल्नुको मुल कारण नै करोडौंको भ्रष्टाचार नै हो । विराटनगरका उद्योगी मुकेश राठीको ट्रान्स नेपाल नामक निजी कम्पनीका कार्यकारी प्रमुख रहेका घिमिरेले लाखौं रकम भ्रष्टाचार गरेका थिए।बिराटनगर अइसीपीको गोदाम ब्यवस्थापनको ठेक्का ट्रान्स नेपालको कार्यकारी हुदा घिमिरेले बीरगंजमा अहिले गरे जस्तै ठेक्का सम्झौता भन्दा बाहिर गएर आईसीपी नै कब्जा गरेका थिए । उनले त्यही कुराको पुनरावृति बीरगंजमा गरेका छन ।बीरगंजको एकिकृत भन्सार चाँज चौकीको यार्ड ब्यवस्थापनको जिम्मा नेपाल सरकार अन्र्तगतको इन्टर नेपाल मोडेल यातायात बिकास बोर्डले टिआरएस लोजिपार्कलाई दिएको हो । तर लजिपार्कले यार्ड ब्यवस्थापनको नाममा रंगदारी गर्दै आएको छ । खास गरि पार्किङ बापतको शुल्क लिन पाउने लोजिपार्कले मालवाहक सवारी साधन यार्डमै रहीरहुन भनेर अनलाईन सिस्टमनै अवरुद्ध गर्ने गरेको छ ।

बीरगंज भन्सार कार्यालयले घिमिरेलाई आइसीपी परिसरमा रहेको एभरेष्ट बैंकको बिधुत लाईन किन अवरुद्ध गरेको भन्दै एक घण्टे स्पष्टीकरण सोधेको छ । यसरी बिधुत आपूर्ती बन्द हुदा मालवाहक सवारी साधनले किलियरेन्स पाउन ढिला हुने र यार्डमा जति लामो समय सवारी रहन्छन त्यतीनै बढी पार्किङ शुल्क बढ्ने भएकोले घिमिरे यस्तो प्रपञ्च समेत गर्ने गरेको खुलेको छ ।घिमिरेले आइसिपिलाई आफ्नै पैतृक सम्पति जस्तै बनाएर रकम उठाउने गरेका छन । उनले यो काममा परिवारकै सदस्य समेत परिचालन गरेका छन । उनकै कारण नियमन निकायले यस्तो हर्कत नगर्न र अबिलम्ब रोक्न बारम्बार पत्रचार गरे पनि त्यसको समेत धज्जी उडाएका छन ।उनलाई काम गर्न इजाजत दिएको नेपाल इन्टर मोडेल यातायात बिकास बोर्डले तीन दिन अघि १५ मार्चमा एउटा पत्र लेखेर खाली सवारी साधनको शुल्क नलिनु र ताल्लुकवाला बीरगंज भन्सार कार्यालयको निर्देशनको पालान गर्नु भनेको छ ।

तर घिमिरे यो पत्रको धज्जी उडाउदै असुली धन्दा भने कायमै राखेका छन ।भारतबाट माल बोकेर आउने मालवाहक ट्रक तथा कन्टेनर नेपालमा अनलोड भई फर्किदा ती भारतीय नम्बर सवारी साधनसँग रकम लिनै नपाउने प्रावधान छ । तर घिमिरेको मण्डलीले खाली गाडीहरुबाट २९३ रुपैयाँ ११ पैसा लिने गरेको छन । यस्ता गाडि दैनिक रुपमा १ हजारको सख्यामा फर्किने गरेको स्रोतको दावी छ। यसरी उठाइएको रकम कम्पनी होइन घिमिरेको गोजीमा जम्मा हुन्छ।साभार ईसीमाना अनलाईन

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds