काग्रेसका नेता तथा, पर्सा क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ले संबिधान रक्षाका लागि जसपालाई जिताउन अपिल गर्नु भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर २८ बगहीमा आयोजित पार्टीको चुनावी रात्री सभालाई सम्वोधन गर्दै उहाँले जसपा , एमाले र राप्रपालगायतका दलहरुले देश तथा मधेशी जनताकोहक अधिकार सुरक्षित गर्न नसकेको भन्दै उनीहरु प्रतिगामी शक्ति भएको बताउनुभयो । उहाँले केही राजनीतिक दलहरु राजा आउ देश बचाउ भन्दै हिडेको भन्दै त्यो सम्भव नभएको बताउनुभयो ।
उहाँले अझैपनि केही शक्तिले जनतालाई गुलाम बनाउन खोजेको भन्दै त्योबाट मुक्त हुन आव्हान गर्नुभयो । उहाँले धर्म र जातका नाममा समाज भड्काउनेबाट सजक हुन पनि सबैलाई आव्हान गर्नुभयो । उहाँले अझै पनि धर्म र जातका नाममा केही राजनीतिक दलले राजनीति गर्न खोजेको भन्दै त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभएको छ ।
उहाँले धर्म र जातको आधारमा जनतालाई भिडाउने काम बन्द गर्न सुझाव दिँदै अव जनता सचेत भइसकेको बताउनुभयो । काग्रेसले लोकतन्त्र आन्दोलन पहिचान र समावेशीको लागि भएको बताउँदै उहाँले सबै समुदायलाई एउटै मालामा बुन्ने काम काग्रेसले गरेको बताउनुभयो ।
उहाले आफु निर्वाचन जितेपछि यो क्षेत्रमा पोलिटेकनिकल कलेज तथा बृद्ध आश्रम , सडक तथा नाला बनाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता जनाएका छन्।
नेपाली काग्रेसका रात्रीसभालाई पर्सा २ (क) का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल र काँग्रेस नेताहरुले सम्बोधन गरेका थिए ।