जनकपुरधाम । धनुषाको महिनाथपुर बिओपीमा डिएसपी प्रेमसागर बिष्टले कमाण्ड सम्हालेका छन् ।
नेपाल–भारत सीमासँगै रहेको धनुषाको विभिन्न तीन सशस्त्र बिओपीलाई कमाण्ड गर्न महिनाथपुरमा डिएसपी बिष्टले कमाण्ड सम्हालेका छन् ।
सीमासँगै रहेको बिओपी इनर्वा, बिओपी खजुरी र बिओपी धनौजीलाई समेत कमाण्ड लिएका हुन् । बिओपी महिनाथपुरकै अधिनश्थमा बाँकीका दुई बिओपी चल्ने भएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी महिनाथपुर) मा अन्तराष्ट्रिय प्रणाली अनुसार नै सुरक्षा निकायमा हुने कम्पनी अनुसार महिनाथपुरमा डिएसपी प्रेमसागर बिष्टको कमाण्ड खटाएको हो ।
इनर्वा, खजुरी र धनौजी बिओपी अब डिएसपी बिष्टकै कमाण्डमा चल्ने भएको छ । दोस्रो पटक धनुषाको महिनाथपुर बिओपीमा डिएसपीको दरबन्दी कायम गरिएको हो ।
यसअघि सशस्त्र सुरक्षा काठमान्डौँमा कार्यरत रहेका बिष्ट गत आश्विन ८ गते कार्यभार सम्हालेका हुन् । यसअघि पनि आसपासका क्षेत्रमा कडा सुरक्षाले चिनिएका डिएसपी बिष्टले तीन बिओपीलाई थप उर्जा दिने विश्वास लिइएको छ ।