2024-05-02

Close

जनकपुरधाम । नागरिक र प्रहरी बिच सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । सोमबार ईलाका प्रहरी कार्यालय यदुकुहाको आयोजनामा नागरिक सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । यसले कार्यक्रमले प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने विश्वास छ ।

सोही क्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्रपाणी पाण्डेले प्रहरी वा प्रशासनको कर्मचारीले घुस लिएको भिडियोसहित निवेदन दिए तुरुन्त कारवाही गर्ने बताएका छन् ।

सोमबार ईलाका प्रहरी कार्यालय यदुकुहाको आयोजनामा नागरिक सार्वजनिक सुनुवाई कार्यक्रममा सिडिओ पाण्डेले प्रहरीको कर्मचारी वा जिल्ला प्रशासनको कर्मचारी घुस लिएको खण्डमा मोबाईलमै भएपनि रेकर्ड गरी प्रमाणसाथ निवेदन दिन आग्रह गरेका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै यसले कार्यक्रमले प्रहरी प्रशासनको गतिविधिलाई सुदृढ गर्ने र पारदर्शिता बढाउने विश्वास जाहेर गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिडिओ पाण्डेले नागरिकको गुनासो सुनेर सुधार गर्ने आश्वासन दिए। कार्यक्रममा सहभागीको जिज्ञासालाई जवाफ दिँदै घुस लिएको प्रमाण जुटाएर लिखित निवेदन दिन आग्रह गरे । “हाथ हाथमा मोबाइल छ । भिडियो बनाउनुस्, फोटो खिच्नुहोस्,” उनले भने ।

दुई महिनामा एक जना मात्रै गुनासो लिएर आएको र कारवाही गरेको उनले दाबी गरे । “स्थानियले राती बजार खोल्छ, नाच नचाउँछ र चर्को स्वरमा डिजे बजाउँछ, उनले भने, अनुमति पनि स्थानियले नै दिन्छ । र, केही भयो भने दोष पुलिसलाई दिन्छ । अब स्थानिय पनि सचेत हुनु पर्छ ।”

नागरिक सचेत नभए उपलब्ध प्रहरी प्रशासनले धान्नै नसक्ने उनको जिकिर छ । उनले वनग्य गर्दै भने, –यहाँ नियम तोड्नेलाई प्रतिस्पर्धा छ । नियम पालना गर्नलाई होइनन् ।” नागरिकता सम्बन्धी सिफारिसमा देखिएको समस्या विषयको समस्या समाधान गर्न तयार रहेको उनले बताए ।

स्थानिय सरकारलाई कार्यक्रम राखेर यस्ता समस्या अन्त्य गर्ने उनको सुझाव छ । “मिटर व्याजीको विषयमा हामीले समन्वय गराउने काम गर्दै थियौं । तर अहिले अदालतले नै यो तपाईंको काम होइनन् भनेर पटक पटक आदेश दिसक्यो,”– उनले भने ।

मिटर व्याजी विषयमा आठ सय भन्दा बढी मुद्दा फर्छ्यौट गरेको धनुषा प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले जानकारी दिए । उनले नेता भन्दा बढी नागरिकको सुन्ने गरेको ढाडस दिए । प्रहरीसँग उपलब्ध स्रोत साधनको पूर्ण सदुपयोग गरी काम गरिरहेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय यदुकुहा प्रहरी निरीक्षक (इन्स्पेक्टर) चन्द्र किशोर साहले यस क्षेत्रमा लागू औषधको विकराल समस्या रहेको बताए ।

खुल्ला सीमाको कारण दुर्व्यसनीलाई रोक्न कठिनाई भएको बताए । अभिभावकले पनि बालबालिकाको निगरानी गर्नुपर्ने उनको बुझाइ छ । यस्तै, नागरिक सचेतना जगाउन यदुकुहा बजारमा कार्यक्रम सकेर सामाजिक सञ्जालको दुरुपयोग र लागू औषध रोकथाम विषयमा सडक नाटक गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds