2024-12-12

Close

वीरगन्ज,कातिक ३ / भारतबाट तस्करी गरी ल्याइएको ५५ बोरा धानको बिषयलाई उछालेर तस्कर र स्थानीय बिच द्धन्द गराउन खोजीएको स्थानीबासीले बताएका छन ।

धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली स्थानीयले सोमबार आक्रमण पनि नगरेको उनीहरुले बताएका हुन ।

स्थानीयबासी र प्रहरी चौकीमा कार्यरत प्रहरीलाई बदनाम गराउन आक्रमण गराईएको वडाअध्यक्ष सन्तोष पटेलले बताए ।

उनका अनुसार धान नियन्त्रणमा लिन गएको इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज बिनोद बोहराको प्रहरी टोली माथि आक्रमण गराउने भनेर बदनाम गरीएको छ ।

तस्करीको धान नियन्त्रणमा लिन आएका प्रहरीमाथी आक्रमण नभएको र स्थानीयबासीलाई बदनाम गराउन खोजीएको उनको आरोप छ ।

स्थानीय प्रहरीको सहयोगको कारणले सोमबार गाउँलेहरू मिलेर जिल्लाको प्रहरीलाई सहयोग गरेको उनले बताए । आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा भारतीय नम्बरको ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो।

बरामद गरिएको धान बाहेक पनि ठुलो मात्रामा दशगजा क्षेत्रमा बेवारिसे अवस्थामा धानको बोरा छोडिएको सूचनाका आधारमा त्यसलाई नियन्त्रणमा लिन जिल्लाबाट प्रहरी टोली खटिएको थियो।

दशगजा क्षेत्रमा रहेको धानको बोरालाई नियन्त्रण लिन पुगेको प्रहरीलाई सुरुमा स्थानीयहरुले धानको बोरा लैजान सहमति दिएपछि धान जिल्लामा आएको हो । प्रहरी चौकीमा गाँउपालिका अध्यक्ष , वडा अध्यक्ष सहितका जनप्रतिनिधि यसबारेमा चौकी इन्चार्ज यादव वरिष्ठ सई श्याम यादव संग बुझ्न गएका थिए ।

गाँउपालिकाका अध्यक्ष जुवेर अलि भुटोले पनि तस्करीको कुरालाई उचालेर स्थानीयहरुलाई बदनाम गराउन खोजिएको बताएका छन ।

चौकी माथी आक्रमण नै नभएको कुरालाई उचालिएको र प्रहरीलाई आक्रोशित बनाउने काम गरीएको बताए । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी चौकी छतवाका एक जना प्रहरी हवल्दार र अर्का प्रहरी सहायक हवाल्दार गरी दुई जना प्रहरीलाई जिल्लामा ल्याएर छानबिन गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले तस्करीको धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि असहयोग भएको आरोपमा छानबिनको लागि प्रहरी चौकी छतवाबाट हवलदार र सहायक हवल्दारलाई ल्याइएको जानकारी दिएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर