2024-12-04

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा बाँसको खम्बा र प्लाइउड ठोकेर पुल बनाएको छ । पूर्वपश्चिम हुलाकी राजमार्ग अन्तर्गत कमला नदी तर्न बनाइएको बाँसको खम्बा र प्लाइउडको पुलबाट दैनिक करिब एक हजार मानिसले ओहोरदोहोर गरिरहेका छन् । नदीमा ठुलो पानी बगिरहेकाले मोटरसाइकल, साइकल र पैदल यात्रुका लागि सो पुल तर्न निकै सहज र सरल पनि भएको छ ।

यसरी बनाइएको पुल धेरै लामो समय टिकाउ हुने खालको भने छैन । सानो बाढीले मात्र पनि पुल बगाउन सक्ने जोखिम भने देखिन्छ । धनुषा र सिरहाको सीमामा रहेको कमला नदीको सिराहातर्फ पूर्वी भागमा सिराहा नगरपालिकाले बनाएको सो अस्थायी पुलबाट नदी तर्दा मोटरसाइकलचालकसँग भने २० रुपियाँ शुल्क लिने गरिएको त्यहाँ खटिएका कर्मचारीले बताएका छन् । नदीको दुई वटा भँगालोमा पानी बगिरहेको छ । जसमध्ये पूर्वपट्टिको भँगालोमा बढी पानीको बहाब र पश्चिमपट्टिको भँगालोमा कम पानी बगिरहेको छ ।

यो अस्थायी पुल वडा कार्यालयमार्फत निर्माण गरिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए । उहाँले भन्नुभयो, अस्थायी पुलबाट व्यवस्थित रूपमा मानिस ओहोरदोहोर गर्न गराउन नगपालिकाकै चार जना कर्मचारी खटाएका छौँ । करिब दुई लाख रुपियाँ लागतमा निर्माण गरिएको पुलबाट दैनिक दुई सय वटाभन्दा बढी मोटरसाइकल वारपार भइरहेको उहाँले जानकारी दिए । मोटरसाइकलचालकबाट उठाइएको रकमबाट पुलको सामान्य मर्मत खर्च उठाउने योजना वडा कार्यालयको रहेको छ ।

पुल निर्माणका लागि बाँस, मोटो प्लाई, मजदुरी, डोरी खरिदमा करिब दुई लाख रुपियाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो । उहाँले अस्थायी पुल दैनिक जस्तै मर्मत गर्नु परिरहेको बताउनुभयो ।

विगतका वर्षमा स्थानीयले यस्तै बाँसको खम्बा र प्लाई राखेर पुल बनाएर प्रतिमोटरसाइकल ५० रुपियाँ लिने गरेका थिए । वर्षायाममा धनुषा र सिरहा जोड्ने कमला नदीको बिच भागको करिब ५० मिटर चौडाइमा करिब चार/पाँच फिट पानी बगिरहेको थियो । त्यसबेला पैदल, मोटरसाइकल, साइकलबाट यात्रा गर्नेहरू पैसा तिरेर डुङ्गा चढेर वारपार गर्नु परेको थियो । प्रतिमोटरसाइकल तार्न एक सय रुपियाँ र प्रतिसाइकल तार्न २० रुपियाँ एवं मानिस मात्र तार्न १०/२० रुपियाँ लिने गरिएको थियो ।

नगरपालिकाले बनाइदिएको अस्थायी पुलबाट तर्न न्यून सेवा शुल्कले सबैलाई सहज भएको पुल तर्दै गरेका सन्तोष साहले बताउनुभयो । नगपालिकाले न्यून सेवा शुल्क लिएर सञ्चालनमा ल्याएको यस अस्थायी पुललाई निजीरूरुपमा सञ्चालन गर्दै आएका स्थानीयले बेला बेला क्षति पु¥याउँदै आएको नगरपालिकाले जनाएको छ ।

कमलामा स्थायी पुल नबनेका कारण हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरधामसम्मको दुरी करिब ९० किलोमिटर छ । दुईपाङ्ग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ । ठुलो र चारपाङ्ग्रे सवारी पूर्वपश्चिम राजमार्ग भएर १३० किलोमिटर बाटो तय गरेर जनकपुरधाम पुग्नु परिरहेको चारपाङ्ग्रे सवारीधनी मनोज दासले बताउनुभयो ।

धनुषा र सिरहा जोड्ने कमला नदीको यस खण्डमा विगत १३ वर्षदेखि पुल निर्माण भइरहेको छ तर निर्माण पूरा भएर कहिले सञ्चालन हुन्छ भन्ने टुङ्गो छैन । कमला नदीमा बन्दै गरेको पुल भासिएपछि निर्माण कार्य पेचिलो बन्दै गएको छ । भासिएको स्थानमा पुल निर्माण कार्य भइरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर