अप्पन जनकपुर
जनकपुरधाम । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साहले सबैलामा कबड्डी प्रतियोगिता उद्घाटन गरेकी छिन् ।
शनिबार सबैला नगरपालिकाको सबैला बजारमा गुराँस युवा क्लबले विजयादशमीको अवसरमा आयोजित कबड्डी प्रतियोगिताको समान्य प्रशासन मन्त्री अनिता देवी साहले रिवन काटेर उद्घाटन गरिन ।
मन्त्री साहले कबड्डी प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस युवा क्लबले खेलकुदको क्षेत्रमा योगदान र निरन्तरता दिदै आइरहेकोले सो क्लबका प्रशंसा गरिन।उनले सबैला खेलकुदको क्षेत्रमा देश विदेशमासमेत नाम कमाएको बताइन् ।
उनले मधेशी समाजले महिलालाई अगाडि बढाउन थालेकोमा खुसी व्यक्त गरेकी थिइन । आज मलाई प्रमुख अतिथि बनाएर बोलाउनु भयो उनले भनिन, ‘मलाई खुसी छ, महिलाले लगाएको गुण आज तपाईहरु चुक्ता गर्दै हुनुहुन्छ ।’
सो कार्यक्रममा सबैला नगरपालिकाका नगरप्रमुख कारी यादव, उपप्रमुख, नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु, जनमत पार्टीसहित विभिन्न पार्टीका स्थानीय नेताहरुको उपस्तिथि रहेको थियो ।