2024-05-17

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा बजार स्थित नाच्ने भनिएको नचनियाँ प्रिति पासवानको सट्टा रद्द भएको छ ।

धनुषा प्रशासनले सोमबार सबैलामा भएको घटनालाई मध्यनजर गर्दै भोली बुधबार लगमा बजारमा हुने भनिएको पासवान टिमको नाच कार्यक्रम रद्द गरिएको हो ।

लगमाको दुर्गा मेला (सिद्धिदात्री देवी मन्दिर व्यवस्थापन समिति) ले मँगलबार आज एक सूचना जारी गर्दै कार्यक्रम रद्द भएको जनाएको हो । यद्यपी, सूचनामा समितिले स्थगित भनेर लेखेको हो ।

समितिले बुधबार अर्थात भोली कार्तिक ८ गते मेलामा प्रिति पासवान र उनको टीमलाई नचाउने कार्यक्रम तय भएकोमा वातावरण नमिलेको भन्दै स्थगित गरेको उल्लेख छ । मेला व्यवस्थापन समितिका सचिव दिपेन्द्र मोरबैताद्धारा जारी सूचनामा पासवान टीमको कार्यक्रम रद्द भएको जानकारी दिए ।

सचिव मोरबैताले ईलाका प्रहरी कार्यालय खजुरीलाई पत्राचार गर्दै सो नाच कार्यक्रम रद्द गरिएको जानकारी दिएको हो । यसअघि सुरक्षा र वर्तमान अवस्थालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) राजकुमार भट्टले पटक पटक कार्यक्रम नगराउन आग्रह गर्दै आएका थिए ।

तत्पश्चात समेत समितिले जिल्ला प्रशासन कार्यालय धनुषाबाट साँस्कृतिक कार्यक्रम गराउने भनेर अनुमति ल्याएपछि ईन्सपेक्टर भट्टले साँस्कृति कार्यक्रममा सुरक्षा नै नचाहिने बताएपछि मेला समितिले कार्यक्रमको बारेमा जानकारी गराउँदै सुरक्षा माग गरेको थियो । तर, प्रहरीले यस्ता कार्यक्रममा कुनै प्रकारको सुरक्षा नदिने अडान लिएपछि कार्यक्रम रद्द गर्नुपरेको जनाईएको छ ।

सोमबार धनुषाको सबैलामा भएको प्रिति पासवानको कार्यक्रममा चप्पल जुत्ता, ढुँगामुढा भएपछि तीन प्रहरी र एक सँचारकर्मी समेत घाईते भएका थिए । सबैलाको घटनापछि प्रशासनले सक्रियता देखाउँदै कुनै घटना भए आयोजकले जिम्मा लिने भनेपछि समिति पछाडी हटेको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds