जनकपुर प्रादेशिक अस्पतालका बेडहरूमा हुँदैन तन्ना, नाङ्गो बेडमै बिरामी सुत्न बाध्य (फोटोफिचर)

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित जनकपुर प्रादेशिक अस्पतालको अवस्था विजोग छ । अस्पतालका प्रायः सबैजसो वार्डमा रहेका बेडहरूमा बेडसिट (तन्ना) नै छैन । जसका कारण बिरामीले या त आफैँ बेडसिट ल्याएर प्रयोग गर्ने गरेका छन् या त रित्तै बस्नुपर्ने बाध्यता छ ।

अस्पतालको इमर्जेन्सी, सर्जिकल वार्ड, अन्तरङ्ग विभाग लगायतका वार्डमा रहेका बेडहरू बिना तन्नाका छन् ।

बिज्ञापन

हुन त अस्पतालको बेडसिटका लागि बजेट नभएको होइन तर, त्यसको सदुपयोग कहाँ र के मा भइरहेको छ त्यो अस्पताल प्रशासनले जानकारी दिन मानेन ।

[तस्बिरमा हेरौँ अस्पतालमा रहेका बिना बेडसिटका बेडहरूको अवस्था]