2024-04-24

Close

विपिन कुमार यादव,जनकपुरधाम : पत्रकार कुट्ने प्रहरीमाथि कारबाही नगरेको भन्दै युवाहरुले जनकपुरमा गृहमन्त्री रामबहादुर थापाको तस्विर जलाएका छन् ।गृहमन्त्री थापाको तस्विर जलाएको भन्दै दुई युवकलाई प्रहरीले जनकपुरको भानु चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेश यादब र सुनिल साह छन् ।

शुक्रवार राति नवजीवन अस्पताल अगाडी प्रहरीले टुडेखोज डटकमका सम्पादक सन्तोष यादब र रिपोर्टर सिबेन्द्र रोहितालाई कुटपिट गरेका थिए । घटनाको तीनदिन वित्न लाग्दा पनि दोषी प्रहरीलाई कारबाही नगरेको भन्दै युवाहरुले जनकपुरको भानु चोकमा गृहमन्त्री थापाको तस्विर जलाएका हुन् ।

प्रेस स्वतन्त्रता कायम गर, पत्रकार कुट्ने गुण्डा प्रहरीलाई कारबाही गर, गुण्डागर्दी बन्द जस्ता जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर यूवाहरुले प्रशासन विरुद्ध नाराबाजी समेत गरे । उनीहरुले हिजो पनि प्रशासनविरुद्ध प्रदर्शन गरेको थियो ।

नवजीवन अस्पतालमा विहिवार राति एक महिलाको मृत्यू भएको थियो । पीडित परिवारले लाक्टरको लापरबाहीका कारण मृत्यू भएको भन्दै शव बुझ्न मानेनन् । मृत्यू भएको २४ घण्टापछि शुक्रवार प्रहरीले बल प्रयोग गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पुर्याउन खोज्दा पत्रकार यादब र रोहिता तस्विर खिच्न लाग्दा घेरा हालेर कुटपिट गरेको थियो ।

घटनाको तीनदिन वित्न लाग्दा पनि जिल्ला प्रहरी कार्यालयले दोषी प्रहरीमाथि कारबाही गरेका छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds