2025-01-16

Close
नरेशचन्द्र बरबरिया, सिरहा । मधेश प्रदेश अन्तर्गत नेपाल भारत अन्तराष्ट्रिय सीमानामा रहेका सीमा स्तम्भहरू मध्ये सन् २०१४ पश्चात निर्माण तथा मर्मत संभार भएका नेपालतर्फबाट निर्माण, मर्मत संभार र पुनर्स्थापना को काम देखि शुरु भएको छ ।
नेपाल–भारतबीचका सीमास्तम्भको सशस्त्र प्रहरी बल नेपालले
बिजोर नम्बरका सीमास्तम्भ नेपाल र जोर नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्ने समझदारी छ । भारतले आफ्नो भागमा परेका सीमास्तम्भ नियमित मर्मत गर्दै आए पनि नेपालले गर्नुपर्ने काम चार वर्षदेखि हुन सकेको थिएन।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्न्मस्ता बाहिनी द्वारा मधेश प्रदेश स्थित नेपाल-भारत सिमा पर्ने विजोर नम्बरका स्तम्भहरु बिओपि जगडिगदियानीको जिम्मेवारी ईलाका भित्र पर्ने जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं २० सिकाज्योतीमा रहेको मुख्य सीमा स्तम्भ नं. २६१/६ बाट सिमा स्तम्भको मर्मत कार्यको शुभारम्भ गरिएको सशस्त्र प्रहरी उपरीक्षक शिव प्रसाद गैरेले जानकारी दिएका छन । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले स्तम्भमा बिधिवत रुपमा सीमास्तम्भ मर्मत कार्यको आरम्भ गरिएको छ ।
मधेश प्रदेशका आठै जिल्लामा आजै बाट सिमा स्तम्भको मर्मत तथा रंगरोदनको काम शुरु भैसकेको छ ।
विगतमा नापी विभागमार्फत मर्मत हुँदै आएकामा सरकारले सशस्त्र प्रहरीलाई जिम्मेवारी दिएको हो । 
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म माडरका डिएसपी राजु प्रसाद दहाल, सिरहा नगरपालिका वडा न.२० का वडा अध्यक्ष रामचन्द्र यादव, सिमा सुरक्षा बलका प्रतिनिधि,सशस्त्र प्रहरीका जवान लागयत संचारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर