2024-05-17

Close

जनकपुरधाम । धनुषा र सिरहा जोड्ने कमला नदीमा डेढ किलोमिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आफ्नै भूमीमा आवतजावत गर्नपनि भारतको बाटो भएर घटौं हिड्न बाध्य स्थानीय पुल निर्माण हुने भएपछि खुशी छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ६ कठाल गाउँभन्दा पूर्व कमला नदी तटमा निर्माण भइरहेकोसो झोलुङ्गे पुल तीव्र गतिमा निर्माण जारी रहेको छ । पुल निर्माणमा ४२ जना प्राविधिक र कामदारहरु दिनरात काम गरिरहेका छन् ।

करिब २८ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको झोलुङ्गे पूल १५०१ मिटर लामो बन्ने भएको हो । सपना उमा थानी जेभी कन्सट्रक्सन कम्पनीको ठेक्कामा निर्माण हुन लागेको कमला झोलुङ्गे पुल आगामी बर्ष असार महिनासम्म सुचारु भईसक्ने ईन्जिनीयर विनोद कुमार मण्डलले जानकारी दिए ।

निर्माण हुन लागेको सो झोलुङ्गे पूलमा एकै पटक २५०० जना मानिस चढ्न सक्ने क्षमताको हुनेछ । १० वटा पिल्लर रहेको झोलुङ्गे पुल सिरहा तर्फबाट सिरहा नगरपालिका वडा नं. १३ मल्हनीयाँ गम्हरियासम्म रहेको छ ।

यही असोज महिनादेखि सुरु भएको पुलको काम आउँदो २०८१ असार मसान्तभित्र सञ्चालनमा ल्याउने तयारी कम्पनीको रहेको छ

पूर्वपश्चिम हुलाकी मार्गदेखि केही दुरीमा बन्न लागेको सो पुल निर्माण भएपछि आवतजवातमा सहज हुने भएको छ । झोलुङ्गे पूल निर्माण भएपछि जनकनन्दिनी गाउँपालिकालाई प्रत्यक्ष फाईदा हुने भएको छ । सो पुलको निर्माणपछि भारतीय पर्यटकसहित आन्तरिक पयर्टकको समेत भित्रिने विश्वास गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds