2024-05-14

Close

काठमाडौं । नेपाल टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको छ ।

शुक्रबार भएको सेमीफाइनल खेलमा आफ्ना चिर परिचित प्रतिद्धन्दी युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको हो ।

युएईले दिएको १३५ रनको लक्ष्य १७ ओभर १ बलमा मात्र दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ रनको योगदान दिए ।

यस्तै, गुलसन झा २२ र कुशल भुर्तेलले ११ रन बनाए । निलन्स केशवानी र वासिल हामिदले १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिला व्याट्रि गरेको युएई निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । उसका लागि वृत्या अरबिन्दले सर्वाधिक ६४ रन बनाए ।

नेपालका लागि कुसल मल्लले ३, सन्दीप लामिछाने २ तथा रोहित पौडेल र सोमपाल कामीले १÷१ विकेट लिए ।

जीतसँगै नेपाल आगामी बर्ष वेष्टइन्डिज र अमेरिकामा आयोजना हुने टि-ट्वान्टी प्रतियोगितामा प्रवेश गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds