2024-04-28

Close

रौतहट । रौतहट सदरमुकाम गौरमा एक युवकलाई केही स्थानीयहरुले विजुलीको पोलमा बाँधेर निर्घात कुटपिट गरेको छ । गौर नगरपालिका वडा नम्वर ३ का २० बर्षिय प्रिन्स अन्सारीलाई सोही वडाका वडाध्यक्षको रोहवरमा विजुलीको पोलमा आईतबार दिउसो ४ बजेको समयमा बाँधेर पशु सरह निर्घात कुटपिट गरेको हो ।
गत शुक्रवार जुम्माको नेमाज सकेर आइसक्रिम खाने विषयमा बादविवाद भई सामान्य झै झगडा भएका थिए । सोही रिसिइवीलाई लिएर घरमा कोही नभएको मौका छोपी भाईलाई घरबाट बाहिर निकालेर विजुलीको पोलमा बाँधी पशु सरह साजिद, उसको वुवा, भाई, बतहा र आश मह्म्मदले प्लास्टिकको पाइप, मुक्का, लाठी, खुटाले निर्घात कुटपिट गरेर मरणासन्न बनाएको पिडित युवकको दाजु इलियास अन्सारीले बताए ।
भाई प्रिन्सलाई अमानविय व्यवहार एवं तालिवानी शासन जस्तो वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको रोहवरमा यसरी यातना दिनु मानवअधिकारको चरम उलंघन गरेको आरोप लगाए । भाई माथि गरिएको पशुजन्य व्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी उजुरी गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले पिडित पक्षले दिएको उजुरीको आधारमा एक जनालाई पक्राउ गरिएको तथा अन्यको खोजीकार्य भईरहेको तथा सो सम्बन्धी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds