2024-05-06

Close

जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिकाबाट अपहरणमा परेका एकजना वृद्धको भारतबाट उद्धार गरिएको छ ।

कालिकामाई गाउँपालिका ४ प्रशुरामपुर निवासी ७५ वर्षीय नथुनी साह कलवारलाई राति १२:३० बजे ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी (इन्स्पेक्टर) मोहन विक्रम केसी र बिहार पुलिसको सहयोगमा सिमावर्ती भेलाही बजारबाट अपहरण मुक्त गरि ल्याएको हो ।

आइतवार साझ वीरगंज बाट घर जाने क्रममा प्रसौनी भाठाबाट ५ जना अपरिचित व्यक्तिले निज लाइ अपहरण गरि भारतको भेलाहिमा रहेको बिनोद वर्णवालको घरमा राखेको अवस्थामा प्रहरीको विशेष सुचनाको आधारमा अपहरण मुक्त गराएको हो ।

आईतबार बेलुका ७ स्३० बजे कलवार अपहरणमा परेका थिए । ७ स्३० बजे अपहरणमा परेका कलवारको राती १२ स्३० बजे पकाहामैनपुर गाउँपालिका (१ धोरे नजिकको सिमानाबाट करिब ३ किलोमिटर पर भारतको भेलाहीबाट भारतिय प्रहरीको सहयोग एवं ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी (इन्स्पेक्टर) मोहन विक्रम केसीको अगुवाईमा गएको सुरक्षाकर्मीको टोलीले कलवारलाई सकुशल उद्धार गरेर नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अपरण गरेको आशंकामा प्रहरीले अपहरणकारी आमोद चौरसियासहित एक जनालाई पक्राउ गरेको प्रत्यक्षदर्शीहरु बताएका छन् ।

कलवार अदालतबाट लेनदेन मुद्दा जितेपछि अपहरणमा परे। आइतबार जिल्ला अदालत पर्सामा लेनदेन मुद्दाको अन्तिम फैसलामा कलवारले मुद्दा जितेपछि प्रतिवादीबाटै अपहरणमा परेको उनी बताउँछन् ।

लेनदेनको मुद्दामा अपहरणमा परेका कलवार वारिस थिए। उनका छोरा जितेन्द्र कुमार गुप्ता मुद्दाका वादी । उनको पाँच लाखको लेनदेन मुद्दामा जिल्ला अदालत पर्साले आठ लाख ९० हजार बिगो भर्ने फैसला गरेको छ ।

मुद्दा जितेर साइकलमा घर फर्किँदै गरेका कलवार प्रतिवादीबाट बाटोमै अपहरणमा परे । सोही गाउँपालिका– ४ पशुरामपुरनिवासी लेनदेन मुद्दाका प्रतिवादी प्रमोद राउत बरईसहित अमोद बरई र सोही गाउँका रवन्जत साह गोढले उनलाई बाटोबाटै अपहरण गरेको कलवारले बताए ।

उनका अनुसार घर जाने क्रममा रोकेर बाटोमै ज्यान मार्ने धम्की दिए । मोटरसाइकलमा बसाएर नदीकिनारको कच्ची बाटो हुँदै कलवारलाई भारत पुर्यारए । भारतको भेलाहीनिवासी विनोद वर्णवालको घरमा बन्धक बनाए ।

अपहरणकारी प्रतिवादीले सोही घरमा बन्धक बनाएर जबर्जस्ती मिलापत्रको कागजमा हस्ताक्षर गर्न लगाएको कलवारले बताए । उनका अनुसार हस्ताक्षर गर्न नमानेपछि कलवारमाथि हातपात गरेको र औँ लामा चोटसमेत लागेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds