2024-04-26

Close

दिपेश कुमार साह/रौतहट /१३ गते
देशमा समृद्धिको बाटोमा अगाडी बढाउन एक नेता,एक पार्टीको आवश्यकता रहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व शहरी विकास मन्त्री प्रभु साहले बताउनु भएको छ । मंगलवार रौतहट जिल्लाको कटहरिया नगरपालिकाको फक्तेपुरमा आयोजित भेटघाट तथा अन्तक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै वहाँले यस्तो बताउनु भएको हो ।
धेरै पार्टी र नेता हुँदा अगाडी बढन नसकेको बताउनु भएको हो । कम्युनिष्ट लाइ हराउने कम्युनिष्ट भित्रै केहि गदारहरु छन् । ती गदारहरु लाइ सबक सिकाउनु पर्ने बेला आएको बताउनु भएको हो । साहले भन्नु भयो सहि र गलत नेतालाइ पहिचान गर्नुपर्ने बेला आएको बताउनु भयो । सहि नेतृत्व लाइ चयन गर्नु भयो भने देश,समाज समृद्धिको बाटोमा लाग्ने बताए ।
प्रतिक्रिया बादीहरु वर्षौ देखि देशमा शासन गरिरहेको उल्लेख गर्दै साहले देशमा बदलाव ल्याउन एउटा प्रतिबद्धता गर्नुपर्ने बेला आएको बताउनु भयो । प्रतिक्रियावादी शक्तिहरु लाइ परास्त गर्नेु पने बेला आएको बताउनु भयो ।पार्टी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेस पार्टी नेता वडा सदस्य शेख सफरूदिन, कपिलदेव पसवान,रामबालक कुशवहा,शेख माधो,शेख ओकिल,मंगनी सहनी,चैन सहनी, जगरनाथ सहनी,शेषनाथ ठाकुर,आनन्दी चौधरी,श्रवण पसवान,शुनेष पसवान,सुनिल चौधरी, लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
कटहरिया नगरपालिकाको वडा नम्बर ७ बगही र वडा नम्बर ६ फतेपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेको भेटघाट तथा अन्तक्रिया कार्यक्रम समपन्न भएको छ । बगहीम वडाध्यक्ष हरिभजन साह र फतेपुरमा जोतिक महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस पार्टी र जनता समाजवादी पार्टी परित्याग गरि दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन् ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मंत्री प्रभु साह सँगै निवर्तमान प्रदेश संसाद कुन्दन कुशवाहा, फतुवा विजयपुर नगरपालिकाकी नगर उपप्रमुख कान्ति देवी महतो, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा, वडाध्यक्ष एवम् नगरप्रवक्ता चन्दन कुशवहा, बौधीमाई नगरपालिकाका मेयर प्रत्यासी त्रिभुवन साह उर्फ अमर जी , नेता चन्देश्वर बैठा,वडाध्यक्ष संजय प्रसाद,कटहरिया नगर कमिटी अध्यक्ष योगेन्द्र साह,नेकपा एमाले कटहरिया ८ का वडा कमिटी अध्यक्ष हेमप्रसाद साह, जयराम चौधरी लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपास्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds