अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वार्ड नं.१ रेल्वे स्टेशन हनुमान मन्दिरमा नेकपा एमालेको वडा कमिटीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बितेको दसैँ, र आउने शुभ दिपवली, छठ पर्व तथा समचकेबा लगायत पर्वहरूको अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा चियापान कर्यक्रमको राखेको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेको केन्द्रिय सदस्य संजीव कुमार झाले भगवन श्री रामले असत्य माथि सत्यको विजय पाएको खुसिमै दिपावली मनाउने गर्छन्,र सबैमा सुख शान्ति र समृद्धी प्राप्त होस् भन्ने कामना समेत गरेका थिए ।
सो कार्यक्रमको अध्यक्षता नेकपा एमालेका राष्ट्रिय युवा संघको मधेश प्रदेश अध्यक्ष लव कुमार अधिकारीले गरेको थियो ।
अधिकारीले युवा र जनताको हक हितको सदैब लडिरहने प्रतिबद्धता गर्दै दिपावली तथा छठ पर्वको शुभकामाना दिएको थियो ।
सो कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा मधेश प्रदेश सदस्य शम्भु पासवान, अतिथिको रुपमा रहेका जानकी राम साह, सुरेन्द्र भण्डारी, पूर्व DIG बिनोद ठाकुर, मिसरी पाजिया, उदय यादव, राम कुमार चौधरी, लक्ष्यमेश्वर यादव, बिना साह, सन्तोष झा, सन्तोष यादव लगाएतका शुभकामना मन्तब्य राखेका थियो ।