2024-03-19

Close

जनकपुरधाम । यातायात व्यवस्था विभागले भोलिदेखि सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन फाराम खुलाउने भएको छ । केहीदिनअघि सिस्टममा खराबी आएपछि विभागले अनलाइन फाराम बन्द गरेको थियो ।

शुक्रबारबाट फाराम भर्न सकिने विभागले जानकारी दिएको छ । अनलाइन फाराम सुचारु गरेसँगै यसअघि लगाइएको कोटा प्रणाली समेत हटाइएको छ । अब जतिसुकै सेवाग्राहीले पनि लाइसेन्‍सका लागि आवेदन दिन पाउने बताएको छ ।


यसअघि कोभिड-१९ को कारण देखाउँदै लाइसेन्सका लागि खुलेको आवेदनमा कोटा प्रणाली लगाइएको थियो । कोटा प्रणाली लागू गरेको भन्दै विभागको चौतर्फी आलोचना समेत भएको थियो । अनलाइन फाराम भर्दा एसएमएस सेवा भने तत्कालको लागि बन्द भएको छ ।

यो सेवा अवरूद्ध भएकाले दर्ता नम्बर सुरक्षित गरि सम्बन्धित कार्यालयसँग सम्पर्क राख्‍न विभागले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds