2024-05-04

Close

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कमला बचाउ अभियानको मुद्दालाई केन्द्रमा लैजाने जिम्मेवारी आफूमाथि भएको बताएका छन् ।

कमला बचाउ अभियानको पाँचौ वार्षिकोत्सवको अवसरमा धनुषाको बडेर्वा घाटमा आयोजना गरिएको महा–कमला आरतीको क्रममा बोल्दै लामिछानेले कमला बचाउ अभियानको अभियान र उदेश्यप्रति आफू मोहित भएको बताउँदै अभियानलाई केन्द्रसम्म लैजाने जिम्मेवारी आफ्नो भएको बताए ।

धार्मिक ग्रन्थहरुमा कमलालाई “माँ” भनिएकोमा अहिले कमला नदीको अवस्था दयनीय हुँदै गएकोप्रति दुःख प्रकट गर्दै उनले कमला बचाउ अभियानमा आजदेखि आफू पनि सरिक भएको बताए । उनले आफू आजदेखि नै कमला बचाउ अभियानी बनेको थपे ।

उनले भने, –“यो कमला, जसलाई हामी माँ भन्छौँ, फोहोर डँगुरले लतपत छ, संरक्षणको पर्खाईमा छ । यहाँका युवाहरुले उठाएको आवाजमा एक थप आवाज हुनेछ । यस अभियानलाई म र मेरो पार्टीको तर्फबाट केन्द्रसम्म लैजाने छु भनेर तपाईहरु समक्ष प्रतिवद्ध छु । तपाई अभियानीहरुको बीचमा थप एक अभियानी थपिएको, थप एक आवाज बुलन्छ हुनेमा ढुक्क हुनुस् ।”

उनले सो क्रममा कमला नगरपालिका, आयोजक कमला बचाउ अभियान, अभियानका सँयोजक विक्रम यादव, कमला महा आरतीका समन्वयकर्ता बडेर्वा ग्रामवासी र ईन्जिनीयर सितेश यादव, कमला युवा सँजाललाई धार्मिक मँचबाटै धन्यवाद समेत ज्ञापन गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds