2024-05-07

Close

धरान, मंसिर २२ गते । डिपोट स्कुल धरानले आयोजना गरेको १८ औँ संस्करणको ललित अम्वर डिपोट कप अन्तर विद्यालय (प्राथमिक तह) फुटबल प्रतियोगितामा नेपाल पुलिस स्कुल धरानले उपाधी हात पारेको छ ।

लगातार १६ र १७ औं संस्करणको प्रतियोगिता जितेको पुलिस स्कुलले यस पटक पनि १८ औं प्रतियोगितामा उपाधी चुम्दै विजयी हुन सफल भएको हो । डिपोट स्कुलको खेलमैदानमा आज सम्पन्न फाईनल खेलमा नेपाल पुलिस स्कुल धरान र बराह राईजिङ स्कुल चतरा विच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो ।

पहिलो हाफमा दुबै टिमले बराबर खेले पनि दोस्रो हाफमा बराह राईजिङ स्कुललाई शून्यका बिरुद्ध १ गोल गर्दै पुलिस स्कुलले उपाधी जितेको हो । उक्त प्रतिस्पर्धामा नेपाल पुलिस स्कुल धरानका स्ट्राईकर जर्सी नम्बर ७ का अन्सु बास्फोरले खेलको ८ औं गोल गर्न सफल भएका थिए ।

प्रतियोगितामा म्यान अफ द म्याच पुलिस स्कुलका स्ट्राईकर अन्सु बास्फोर, उत्कृष्ट डिफेन्स रोयल चौधरी र उत्कृष्ट गोलरक्षक सन्देश कुमार खाँले हात पारेका छन् । खैलका प्रमुख अतिथी धरान उप-महानगरपालिकाका उप-प्रमुख आईन्द्रविक्रम बेघा लगायत अन्य अतिथीहरुले विजयी खेलाडीहरुलाई ट्रफी सहित नगद ११ हजार १ सय ११, मेडल तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds