अप्पन जनकपुर
जनकपुरधाम । जनकपुरधामको कदम चौक देखि गंगसगर पोखरी जाने बाटोमा करीब एक करोड़ रूपैयाको लागतमा ‘सेन्टरमार्ट’ संचालनमा आएको छ । शुक्रवार पूजापाठ गरेर आफ्नै परिवारका जयेष्ठ अभिभावकद्वारा रिबन काट्न लगाएर धनुषाका एक युवकले मार्ट संचालनमा ल्याएका हुन ।
धनुषा जिल्लाको जनकनन्दनी गाउपालिका-३ स्थायी घर भई विगत केहि वर्ष देखी जनकपुरधाम बसोबास गर्दै आएका रामकिशोर मण्डलले आज देखी मार्ट संचालनमा ल्याएका हुन । मण्डल केहि वर्ष पूर्व वैदेशिक रोजगारीमा रहेको र अब आफ्नै गाउ ठाउमा व्यवसायी गरेर बस्ने निर्णय अनुसार मार्ट खोलेको बताए ।
उनले भने, एक्कै ठाउमा सबै घरायसी समानहरू भेटोस र समयको पनि वचत होस भन्ने उदेश्य सहित एक करोड़ भन्दा बढ़ी लगानी गरेर आफ्नै मार्ट संचालनमा कदमचौकमा ल्याएको छु । ग्रॉसरी सामग्री, होम अप्लाइएन्सेज र कॉस्मेटिक सामग्री सहित पाउंने एक्कै थलो सेंटर मार्ट नामकरण गरेर संचालनमा ल्याईईएको मंडलको तर्क छ ।
उनले अब घरायसी र किचनहरुको सामग्री फरक फरक स्थान बाट ल्याउन जानु पर्ने अवस्थाको जनकपुरधाममा अन्त गर्ने उदेश्य सहित आफुले मार्ट संचालनमा ल्याएको बताए । मार्ट सँगै ऊनि निकट भविस्य मैं आफ्नै सुविधा सम्पन्न फैमिली रेस्टुरेंट समेत संचालनमा ल्याउन लागेका हुन ।