2024-05-17

Close

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नायव उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) बढुवाको तयारी थालेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अस्ट्रिया भ्रमणबाट बिहीबार स्वदेश फर्किएसँगै एसपी बढुवा प्रक्रियाले गति लिने प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

यसअघि एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएर पदस्थापन समेत भइसकेकाले डीएसपीबाट एसपी बढुवाको बाटो खुलेको थियो । तर महानिरीक्षक कुँवर अस्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी हुन गएकाले बढुवा प्रक्रिया लम्बिएको थियो । बिहीबार आईजी नेपाल फर्किएसँगै बढुवाले गति लिने भएको हो ।

डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमा समेत आईजी अध्यक्ष रहेन व्यवस्था छ । राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । अबको केही दिनमै उक्त समितिले ७ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्नेछ ।

२०७२ भदौमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरु अहिले एसपी बढुवाको प्रतिस्पर्धामा छन् । बढुवा समितिले अबको केही दिनमै डीएसपीबाट एसपी बढुवाको सिफारिस निकाल्ने तयारी गरेको छ ।

यसअघि २ एसपीको पद रिक्त थियो । पछि ५ जना एसपीलाई एसएसपीमा बढुवा गरेसँगै अहिले एसपीका ७ पद रिक्त भएका छन् । रिक्त रहेको ७ एसपीको पदमा बढुवा हुन अहिले डीएसपीहरु प्रतिस्पर्धामा छन् ।

जसअनुसार बढुवाको पहिलो नम्बरमा प्रदीप कुमार क्षेत्री छन् । त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन् । त्यसैगरी क्रमश: यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन् । उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए ।

यही ब्याचका, तर २०७२ भदौमा छुटेर पछिल्लो लटमा डीएसपी बनेकाहरु पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन् । इन्सपेक्टरको भर्ना एउटै मितिमा भएको, तर बढुवा हुने बेला छुटाइएको भन्दै उनीहरु पनि अहिले नै एसपी बन्न लविइङमा लागेका छन् ।

इन्सपेक्टरबाट डीएसपी बढुवा अन्योल
डीएसपीबाट एसपी बढुवा प्रक्रिया केही दिनमै अघि बढ्ने बताइए पनि इन्सपेक्टर (प्रहरी निरीक्षक) बाट डीएसपी बढुवामा भने अन्योल कायम छ । इन्सपेक्टरबाट डीएसपी बढुवा गर्दा कोटा थारै, तर प्रतिस्पर्धीहरु धेरै भएकाले तत्कालै बढुवा गर्ने पक्षमा आईजी कुँवर नरहेको स्रोतले बतायो ।

गत जेठमा भएको इन्सपेक्टरबाट डीएसपी बढुवा समेत विवादमा परेको थियो । २०७० मा भर्ना भएका इन्सपेक्टरका १४६ जनाको टोली थियो । जम्मा ४६ वटा मात्रै डीएसपीको कोटा खाली रहेकाले ४६ जनालाई मात्रै बढुवा गर्न सम्भव थियो । उक्त ४६ कोटामा पनि ‘राम्रालाई भन्दा हाम्रा’लाई च्यापेर बढुवा गरिएको भन्दै प्रतिस्पर्धीहरुले चरम असन्तुष्टि व्यक्ति गरेका थिए ।

अहिले त्यही टोलीका १०० जना इन्सपेक्टर नै छन् । उनीहरुबाटै अब केही डीएसपी बन्नेछन् । तर अहिले झनै थोरै कोटा रहेको र अस्वस्थ प्रतिस्पर्धा हुने र विवाद हुने भन्दै तत्कालै बढुवा गर्ने पक्षमा आईजी नरहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

शक्ति केन्द्रको आडमा रहेर बढुवा हुने कन्फर्म जस्तै भएका इन्सपेक्टरहरु भने अहिले नै बढुवा सिफारिस गराउने पक्षमा लविइङमा छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds