2024-04-27

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको एक समुदायिक विद्यालयमा विगत एक सातादेखि तालाबन्दी भएको छ ।

शहिदनगर नगरपालिकाको वडा नं. ७ धबौली यादवटोलस्थित रहेको रा.प्रा.वि. मा बालबालिका तर्फका कर्मचारीहरुले विगत एक सातादेखि तालाबन्दी गर्दा पठनपाठन अवरुद्ध भएको छ ।

शहिदनगर नगरपालिकाले नियम विपिरित दुई जनालाई मात्र हाजिरी गराएको भन्दै अन्य शिक्षक कर्मचारीहरु आन्दोलित भएका छन् ।

वालविकास शिक्षक, कर्मचारी मध्ये नगरप्रमुख र शिक्षा शाखा प्रमुखले पैसाको चलखेल गरी दुईजनालाई मात्र हाजिर गराइएको आरोप बालविकासकी शिक्षिका बिना यादवले बताईन् ।

उनले अन्यलाई थप दुःख दिन गरेको तथा दादागिरी गरेको विरुद्धमा विगत एक सातादेखि तालाबन्दी गरेको बताईन् । नगरपालिकाले समस्या समाधानको लागि चासो नदेखाएको भन्दै तालाबन्दी गर्नुपरेको बताएकी हुन् ।

यस सन्दर्भमा शिक्षा शाखा प्रमुख विश्वनाथ यादवले तालाबन्दी गरिएको सुनेको मात्र सुनाए । उनले किन र केको लागि तालाबन्दी गरेको बारे आफूलाई थाहा नभएको बताए । उनले कार्य व्यस्तता देखाउँदै बाहिरबाट नगर आएपछि यसको समाधान गरिने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds