2024-04-29

Close

जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयम्बरको प्रतिमा निमार्ण गरिएको छ । विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व रेकर्डका ८५ क्वीन्टल अन्नबाट ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।

विश्व रेकर्ड कायम गरी जनकपुरलाई पर्यटन प्रवद्र्धन तथा व्यवसाय फस्टाउन प्रतिमा निर्माण गरिएको जनकपुर उद्योगा बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहले बताए ।

अन्नबाट स्वंम्वरको प्रतिक स्वरुप राम र सीताको प्रतिमा बनाइएको छ । उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको हो । प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदामm, उरिद दाल, चना दाल, रहर दाल, मसुर दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरि प्रतिमा निर्माण गरिएको हो ।

हालसम्म प्रतिमा निर्माणमा १० लाखको अन्न र अन्य व्यवस्थापन गरी २० लाख बढी रुपैयाँ खर्च भएको जउवा संघका उपाध्यक्ष साहले बताए ।

यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० स्क्वायर फिटको मूर्तिले गिनिज बुकमा नाम दर्ज गराई सकेको छ ।

जनकपुरकै चेली गुणगुण मिश्राको आग्रहमा लजनकपुर उद्योग बाणिज्य संघको आयोजन तथा जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा विश्वकिर्तिमान कायम गर्ने प्रयास गरेको हो ।

भारतको उत्तरप्रदेशका कलाकार शतिस गुर्जरको नेतृत्वमा १८ जना कालिगढहरु र जनकपुरका ४ गरी १२ जना कालिढहरुले सातदिन लगाएर प्रतिमा निर्माण गरेका छन् ।

यसको लागि जनकपुर उद्योग बाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकाले चन्दा संकलन गरेको छ ।

विवाहपञ्चमी सकिएपछि अन्न असहाय, विपन्न, अनाथ आश्रम, मनाव सेवाआश्रममा वितरण गरिने प्रतिमा निर्माण समितिका अध्यक्ष समेत रहेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

सप्ताहव्यापी विवाहपञ्चमीको आज पाँचौदिन राम र जानकीको मटकोर मनाइँदै छ । भोलि जनकपुरमा सीताराम विवाहपञ्ची महोत्वसको मुख्यदिन स्वयम्बर र विवाह रहेको छ । लाखौं श्रद्धालुभक्तजन जनकपुरधाम आउने क्रम जारी रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds